Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कोरोनाका कारण उच्च आर्थिक अनिश्चितता रहेको दक्षिण कोरियाको ठहर

By साझासवाल

साउन २, सोल (रासस/सिन्ह्वा) । कोरोनाका कारण विश्वभरी नै अझै केही समय उच्च आर्थिक अनिश्चितताको अवस्था रहने दक्षिण कोरियाले ठहर गरेको छ ।

दक्षिण कोरियाको अर्थ मन्त्रालयले तयार पारेको वार्षिक आर्थिक सर्वेक्षण प्रतिवेदनमा आगामी केही समय आर्थिक अनिश्चिततामा वित्ने उल्लेख गरिएको छ ।

“ग्रिन बुक” भन्ने गरिएको सो प्रतिवेदनमा उत्पादन, वितरण र उपभोगमा प्रत्यक्ष असर परिरहने अनुमान गरिएको छ ।

विश्वभरी नै आम नागरिकको आर्थिक अवस्था खस्कीएकाले माग पनि कम हुने र उत्पादन तथा ढुवानीमा पनि कमी आउने अध्ययनकर्ताको विश्लेषण छ ।

धेरै नागरिकले रोजगारी गुमाएकाले उनीहरुको दैनिकीमा प्रत्यक्ष असर पर्ने र त्यसले समग्र आर्थिक क्षेत्रलाई नै प्रभावित पार्ने मन्त्रालयले जनाएको छ ।