Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मंगलबारको मौसम पूर्वानुमानः यी स्थानहरु जहाँ भारी वर्षा हुँदैछ

By साझासवाल

साउन ६, काठमाडौं। जल तथा मौसम विज्ञान विभागले मंगलबार देशभर मनसुनी वायुको प्रभाव परेको र न्यून चापीय रेखा नेपालतिर सरेको अवस्था रहेकोले हाल देशभर सामान्य देखि  पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ ।

मौसम विभागले जारी गरेको मौसम पूर्वानुमानमा मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिइएको छ ।

यसैगरी, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका थोरै स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा हुनेछ । र, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका थोरै स्थानहरुमा साथै   सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

सुस्ता र आसपास डुबानको उच्च जोखिम

आज मंगलबार पनि देशभर मनसुन सक्रिय रहेका कारण वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नारायणी र यस सहायक नदीमा बहाव खतरा तह माथि हुने र नवलपरासीको सुस्ता र आसपास डुबानको जोखिम रहेको जनाएको छ ।

त्यस्तै, कोशीमा जलस्तर खतरा नजिक हुने, कन्काई, कमला, तिनाउ र पूर्वी राप्तीमा सतर्कता आसपास हुने भएकाले तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । काठमाडौँ उपत्यकामा बागमती र सहायक नदीमा पनि बाढीको उच्च जोखिम रहेको महाशाखाले बताएको छ ।