Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

काठमाडौँमा पहिरोले पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु

By साझासवाल

साउन ६, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार खाना खाने समयमा आएको पहिरोले ३/३ वर्षका स्थानीय बालबालिका पुरिएका हुन् । पहिरोले पुरिनेमा सचिन राना र सन्ध्या रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिएका छन् ।

डीएसपी खड्काका अनुसार मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा हुन् ।

घटनाको थप विवरण आउन बाँकी छन् ।