Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

आज थप १३० जनामा कोरोना संक्रमण, जिल्लागत विवरण सहित

By साझासवाल

साउन ११, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

आइतबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा १३० संक्रमित थपिएको जानकारी प्रवक्ता डा जागेश्वर गौतमले दिएका हुन् ।

नेपालमा हालसम्म १८ हजार ६१३ जना कोरोना संक्रमित पुगेका छन् । पछिल्लो २४ घन्टामा ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म १३ हजार १२८ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

त्यस्तै ५ हजार ४४० जना सक्रिय संक्रमित उपचारमा रहेका छन् । क्वारेन्टाइनमा १७ हजार ९०३ रहेका छन् । गत २४ घन्टामा ३ हजार ३०० जनाको स्वाब परीक्षण गरिएको थियो ।

जिल्लागत नयाँ संक्रमितको विवरण

दैलेख २५

काठमाडौं ८

झापा १

मोरङ ३

इलाम ८

सिरहा १

सुनसरी २

उदयपुर १

तेह्रथुम १

मोरङ २३

धनकुटा १

महोत्तरी २

पर्सा ४

दाङ १

नुवाकोट १

सोलुखुम्बु २

नवलपरासी पूर्व २

मकवानपुर १

रौतहट १

बारा १

कास्की ३

गोरखा २

रुपन्देही १

अर्घाखाँची १

बाँके २

बर्दिया ६

जुम्ला १

रोल्पा ३

सुर्खेत ३

अछाम १४

बाजुरा ३

कञ्‍चपुर ३