Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतमा एकैदिनमा करिब ५० हजार सङ्क्रमित

By साझासवाल 2 मिनेट पढाइ

साउन १२, काठमाडौँ (रासस/एएनआई) | भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५६८ जना सङ्क्रणमुक्त भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७०८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन् ।

प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ७५ हजार ७९९ सङ्क्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा दुई लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा एक लाख ३० हजार ६०६ जना सङ्क्रमित भएका छन् ।