साउन २१, काठामाडौं । सरकारले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाई गरेको छ। सिंहदरबारभित्र पनि कोरोना भाइरस संक्रमित फेला परेपछि सावधानी अपनाइएको हो ।

सिंहदरबार प्रवेशमा कडाइ गर्ने निर्णय नभए पनि कोरोना संक्रमणबाट बचन सावधानी अपनाइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले साझा सवाललाई जानकारी दिए।

‘कडाइ गर्ने कुनै निर्णय मन्त्रालयबाट भएको छैन,’ उनले भने, ‘तर सावधानी अपनाउन भनिएको छ। मास्क नलगाई सिंहदरबारभित्र प्रवेश गर्न पाइँदैन।’

जोखिम कम गर्नको लागि भिडभाड नहोस् भनेर प्रवेशमा कडाई गरिएको उनले बताए । पत्रकार लगायत अत्यावश्यक कामको लागि सिंहदरबार प्रवेश गर्नेहरुको लागि रोक नलगाईएको उनले जानकारी दिए

सिंहदरबार प्रवेशमा कडाई