2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के पुनः लकडाउन हुँदैछ ?

साउन २२, काठमाडौँ | लकडाउन पूर्णरुपमा अन्त्य भएपछिका १५ दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि के अब सरकारले पुनःत्यस्तै नयाँ कदम चाल्दैछ ? आम नागरिकमा जिज्ञासा र चासो रहँदै आएको छ । कोरोनाको मात्रा बढ्दै जानुले खतरा घटेको होइन बढेको देखाइरहेको छ । 

आज मात्रै देशभर ३६० जनामा कोरोना सङ्क्रमण भएको तथ्य सार्वजनिक भएको छ । कूल छ हजार ६२२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । देशभर कूल सङ्क्रमित सङ्ख्या २१ हजार ७५० पुगेको छ । आज मात्रै काठमाडौँमा थप ७६ जना नयाँ सङ्क्रमति भेटिएका छन् । 

जोखिम बढिरहेका बेला मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई सञ्चारकर्मीले सोधे “के सरकारले पुनःलकडाउन गर्दैछ वा तयारी के छ ?” सञ्चारकर्मीको जिज्ञासामा मन्त्री खतिवडाले भन्नुभयो, “तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन हुँदैन । सरकारले त्यसबारेमा केही सोचेको छैन, तर अवस्था हेरेर आवश्यक निर्णय हुन्छ ।” कोरोना भाइरसको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले आवश्यक निर्णय गर्नसक्ने उहाँको भनाइ छ । स्थानीय प्रशासनले केही जिल्लामा पूर्ण लकडाउनसमेत गरेको उहाँले जानकारी दिनुभयो । 

मन्त्री डा खतिवडाले सङ्क्रमणको जोखिम कम भएको स्थानमा अवस्था हेरेर खुकुलो बनाइएको र सङ्क्रमण बढी भएको स्थानमा थप कडाइ गरिने बताउनुभयो । उहाँले अर्थतन्त्रमा परेको प्रभावको पनि विश्लेषण भइरहेको र आवश्यकताका आधारमा सरकारले निर्णय गर्ने उल्लेख गर्नुभयो । 


सरकारले आगामी भदौ १ गतेदेखि शैक्षिक संस्था, आन्तरिक तथा बाह्य हवाई उडान तथा लामो दूरीको सवारीसाधन सञ्चालन गर्ने यसअघि नै घोषणा गरेको थियो । सङ्क्रमणको मात्रा बढ्दै जाँदा अब ती क्षेत्रका बारेमा सरकारले के निर्णय गर्ला भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री डा खतिवडाले भन्नुभयो, “अहिलेको अवस्थामा ती क्षेत्र खुला गर्ने अवस्था नआएको र पुनःविचार हुनसक्छ । जोखिम बढेकाले तत्काल नखोलौँ भन्ने आवाज पनि आइरहेको छ ।”

मन्त्री खतिवडाले ‘सिसिएमसीको बैठकमा आवश्यक समीक्षासहित मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीले आयोजना गर्नुभएको विज्ञसहितको बैठकमा समेत विभिन्न उपाय आएको भन्दै आवश्यकताका आधारमा मात्रै सरकारले निर्णय गर्ने उल्लेख गर्नुभयो । उहाँले केही न्यूनतम कुरा नगरे हामीलाई एकदमै समस्या हुने र आर्थिकरुपमा श्वास फेर्न पनि कठिन हुन्छ भन्ने खालका कुरासमेत आइरहेको बताउनुभयो । 

उहाँले विदेशबाट आउन चाहने नेपाली नागरिकको हकमा समेत आवश्यक निर्णय हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उद्धार गर्नैपर्नेलाई ल्याउनु नै पर्छ, तर केही समय त्यहाँ बस्दा सुरक्षित हुनेलाई अवस्था केही सहज भएपछि ल्याउने पक्षमा छौँ ।” शुरुमा पाँच हजार जनाको तथ्याङ्क आए पनि हालसम्म ४५ हजार बढी नेपाली नागरिकको उद्धार भइसकेको र अझै दूतावासमा फर्कन चाहेनको सङ्ख्या ४५ हजार बढी रहेको तथ्याङ्क आइसकेको उहाँको भनाइ छ । प्राप्त विवरणअनुसार कतिपय आफ्नो प्रवेशाज्ञाको म्याद सकिएका कारण फर्कन चाहेका छन् भने कतिपय स्वभाविकरुपमा फर्कन चाहेका छन् ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक