2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान

साउन २३, काठमाडौँ । युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ । 

बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचारसंहिताको ख्याल गर्न आग्रह गरेको हो । सङ्घका महासचिव राजु सुवेदीद्वारा जारी वक्तव्यमा तत्काललाई पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाँडै नै अनलाइन टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको उल्लेख गरिएको छ । 

सङ्घले युट्युबरलगायतका अनलाइन टिभी पत्रकारलाई सामाजिक दायित्व नभुलेर आफूलाई सुधार्दै लैजान आग्रह पनि गरेको छ । सञ्चार कानूनले नयाँ माध्यमलाई सहजै समेट्न नसकेको र अर्कोतर्फ नयाँ सञ्चार क्षेत्रमा क्रियाशीललाई सिक्ने÷सिकाउने र सङ्गठित हुने वातावरण पनि बनिनसकेकाले अन्यौलता रहँदै आएको वक्तव्यमा लेखिएको छ । 

गत वर्ष माघ २४ गते नेपालमा पहिलो पटक अनलाइन टिभी सञ्चालकको पहिलो राष्ट्रिय भेलामार्फत गठन भई दर्तासमेत भइसकेको अनलाइन टिभी पत्रकार सङ्घले सबै अनलाइन टिभी पत्रकारलाई सङ्घमा आबद्ध भएर यस क्षेत्रको शुद्धीकरण र सुदृढीकरणमा लाग्न आग्रह गरेको छ । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक