Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अझै तीन दिन वर्षाको सम्भावना, कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

By साझासवाल 4 मिनेट पढाइ

साउन २६, काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित छ । हाल देशका अधिकांश भू–भागहरुमा  समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गको सम्भावना रहेको साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

सोमबार देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलबार देशभर आशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

बुधबार देशभर सामान्य बदली रही  धेरै स्थानहरुमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।। प्रदेश नं ५ , कर्णाली प्रदेश, गण्डकी प्रदेश,  र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।