Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गोंगबु हत्याकाण्ड: चितवनबाट एक युवती पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन २६, काठमाडौँ । काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा एक व्यक्तिको हत्या गरेर फाल्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन टाँडीस्थित माधवपुरबाट एक युवतीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।

दाङका कृष्णबहादुर बोहराको आइतबार बिहान विभत्स हत्या गरिएको अवस्थामा सुटकेसमा सरीर र दुई सय मिटर पर टाउको र खुट्टा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्ने कामदार भएको बताइएको छ । प्रहरीले हत्या भएका व्यक्तिको २४ घण्टापछि पहिचान गर्न सफल भएको थियो । प्रहरीले शवको पहिचान खुल्न नसकेपछि प्रहरीले मृत व्यक्तिको फोटो सार्वजनिक गर्दै सर्वसाधारणलाई खोजी कार्यमा सहयोग गर्न अपिल समेत गरेको थियो ।

तस्बिर सार्वजनिक गरेपछि कारखाना वरपरका व्यक्तिहरु सम्पर्कमा आएको र उनीहरुले सनाखत गरेको प्रहरीले बताएको छ ।

गोंगबुस्थित गणेशथानबाट केहि पर पर्ने एक हरियो घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा सुटकेसमा हालेर सरिरको भाग फालिएको थियो भने त्यसको २०० मिटर पर जेब्रा झोलामा टाउको खुट्टाको भाग फालिएको थियो । हत्या के कारण भएको थियो भन्ने कुरा हालसम्म केहि पत्ता लागेको छैन ।

प्रहरीले हत्या भएको घर पत्ता लगाएपछि उक्त घर सिल गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।