Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

साउदीमा ज्यान गुमाएका ९५ नेपालीका परिवारलाई १४ लाख ५० हजार रियाल भन्दा बढी सहयोग (सूचीसहित)

By साझासवाल

साउन २६, काठमाडौँ (रासस) । वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा ज्यान गुमाएका ९५ जना नेपालीलाई उनीहरु कार्यरत कम्पनीको तर्फबाट रु चार करोड ६४ लाखबराबरको राहत रकम उपलब्ध गराएको छ ।

नेपाली दूतावास रियाद सायदी अरबका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा उक्त देशका विभिन्न स्थानमा कार्यरत रहेको अवस्थामा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकको हकवालाले प्राप्त गर्न सक्ने गरी मृतकको सम्बन्धित कम्पनीले उनीहरुले बुझ्न बाँकी रहेको तलब, भत्ता, सर्भिस बेनिफिट तथा ब्लड मनी उपलब्ध गराएको छ ।

दूतावासका अनुसार साउदी रियाल १४ लाख ५४ हजार ६८७ नेपालस्थित कन्सुलर सेवा विभागमा बैंक ट्रान्सफर्मर गरिएको छ । दुर्घटनामा दोस्रो पक्षको संलग्नता भई साउदी अरबमा ज्यान गुमाएका नेपाली नागरिकको हकवालाका तर्फबाट त्यहाँको विभिन्न अदालतमा गई दूतावासले बहस पैरवी गर्दै आएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको कारणले सिर्जना भएको असामान्य परिस्थितिका कारण त्यहाँको अदालतका काम कारवाही समेत पूर्ववत् सञ्चालन हुन नसकेको र अवस्था सामान्य हुनासाथ स्थगनमा रहेका अन्य मुद्दाको नियमित पैरवी गरिने दूतावासले जनाएको छ । दूतावासले औरही–३ सिरहका प्रदीपकुमार यादव र खोपीचौरु–८ रुकुमका ढाटे बुढाको परिवारलाई भने क्रमशः एक लाख ५० हजार ब्लड मनी उपलब्ध गराइएको जानकारी दिएको छ ।