2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चको स्थापना

कृष्णप्रसाद शर्मा । साउन २७, लण्डन । बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको यही अगस्त ५ र १० (साउन २१ र २६ गते) तारिख लण्डनमा बसेको बैठकले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । संयुक्त अधिराज्यको हाउस अफ लड्र्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको सोमबार लण्डनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

मञ्चको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्तबहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्रजङ्ग लामिछाने रहनुभएको छ । महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल रहनुभएको छ । मञ्चको संरक्षकमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी हुनुहुन्छ ।

सोमबार आयोजित उद्घाटन कार्यक्रममा राजदूत डा सुवेदीले आर्थिक विकासका लागि नेपाल सरकारले लगानीमैत्री नीति कार्यान्वयन गरिरहेको भन्दै युके–नेपाल व्यापार तथा लगानी मञ्च बेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

समारोहमा मञ्चका नवनिर्वाचित अध्यक्ष तथा बेलायती सांसद लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गरी नेपालको आर्थिक विकासमा सहयोग पुर्याउन प्रतिबद्ध रहने बताउनुभयो । उहाँले लण्डन अन्तर्राष्ट्रिय व्यापार र लगानीको प्रमुख केन्द्र रहेको भन्दै नवगठित मञ्चद्वारा नेपालका व्यवसायीको सम्पर्क र सम्बन्ध बेलायतीसहित अन्तर्राष्ट्रिय व्यापारी र उद्यमीसँग गराउँदै नेपाल सरकारको व्यापार, वाणिज्य तथा लगानीसम्बन्धी नीति तथा कार्यक्रम बेलायतका व्यवसायी र लगानीकर्तासम्म पुर्याउने काममा मञ्च प्रयत्नशील रहने बताउनुभयो ।

युके–नेपाल व्यापार तथा लगानी मञ्चले आगामी सेप्टेम्बर महिनाको तेस्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रम आयोजना गर्ने सोच रहेको उल्लेख गरेको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक