Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मृगौला पीडित बालकलाई ६६ हजार रुपैयाँ हस्तान्तरण

By साझासवाल 5 मिनेट पढाइ

साउन ३०, काठमाडौँ । मृगौला पीडित ११ बर्षका बालक सन्दिप अधिकारीलाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । जापानमा रहेका गोरखा पालुङ्टारका सुनिल देवकोटाको टिमले सामाजिक सन्जालबाट आर्थिक संकलन गरेर नेपाल पठाएको ६६ हजार ९ सय ७४ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

अभियान्ता देवकोटामार्फत बिना सापकोटाले जापानबाट नै ५००० खातामा जम्मा गरेको जानकारी दिदै अभियानबाट ७१९७४ रुपैयाँ उठेको जानकारी दिए। एक कार्यक्रमका वीच उक्त रकम सामाजिक पत्र डटकमका प्रकाशक/प्रधान सम्पादक विकास भट्टराईले विरामीलाई हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै पत्रकार भट्टराईले विदेशमा गएर श्रम गरेर जम्मा गरेको पैसा पठाएर उपचारमा सहयोग गर्नु जस्तो महान काम अरु केही नभएको भन्दै सहयोगी मनहरुलाई धन्यवाद दिएका छन्। हाम्रो सानो सहयोगले कसैले जीवन पाउछ भने किन नगर्ने भनेर यो अभियान सन्चालन गरिएको र सबै साथीहरुले अभियान सफल बनाउन साथ दिएको साथै यस्ता अभियानमा सबैसँग सँगै हातेमालो गर्ने अभियान्ता देवकोटाले बताए । उनले सिटि एक्प्रेसले निसुल्क सेवा दिएको जानकारी गराउदै सबै सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन्।

दुवै मृगौलाले काम गर्न छोडेपछि मृगौला पीडित अधिकारीको उपचार पाटन हस्पिटलमा भई रहेको छ। परिवारको आर्थिक अवस्था कम्जोर रहेको हुदा उपचारमा समस्या हुदै आएको विरामीका दिदि स्मृता अधिकारीले बताईन् । दुवै मृगौला छिटो भन्दा छिटो प्रत्यारोपण गर्नु पर्ने डाक्टरले बताएका छन् मृगौला प्रत्यारोपण गर्न ३०/४० लाख लाग्ने रहेछ पैसा कै कारणले उपचार गर्न सकिएको छैन अधिकारीले बताईन् ।

सहयोगीहरुको नामावली

सुनिल देवकोटा/गोरखा : ५०००

अजय ओली /झापा : ७०००

रत्न बहादुर सापकोटा : ५०००

रबिन श्रेष्ठ /गोरखा : ३०००

बिना सापकोटा : ५०००

अनिकेत पोखरेल /पोखरा : २०००

अनिश गौतम/हेटौडा : १०००

अमिश रायमाझी /बुटवल :१०००

अर्जुन दुनवार : १०००

बिजय गौतम /दाङ्ग २०५५

सन्जु अमगाई /गोरखा २०००

जिवन सुवेदी १००१

गोबिन्द नेपाली : ५५००

बिज्ञान भट्टराई : २०००

राम हरि राय : १०००

यांकु लामा मोक्तान : ५०००

मनकुमारी अमगाई : २०००

नरेश बस्नेत : ५०००

बच्छु क्षेत्रि : ५०००

सोमनाथ लम्साल : २०००

कृष्ण भुर्तेल : १०००

सुस्मान्जली राई : १०००

बिलम श्रेष्ठ : १०००