Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रासस कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन

By साझासवाल 2 मिनेट पढाइ

साउन ३२, काठमाडौँ । राष्ट्रिय समचार समिति (रासस)का कर्मचारी र पत्रकारको आज कोरोना भाइरस पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले राससका सबै कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेका हुन् ।

कोभिड–१९ को सङ्क्रमण बढिरहेका बेला अग्रपङ्क्तिमा कार्यरत सबै कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो ।  राससका अध्यक्ष श्यामल अधिकारी, महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रधानसम्पादक श्याम रिमाल, प्रमुख समाचारदाता राजु शाक्य, कार्यकारी व्यवस्थापक उत्तम सिल्वाललगायत कर्मचारी एवं पत्रकारलगायत १५० जनाको परीक्षण गरिएको हो ।

सो अवसरमा राष्ट्रिय महिला आयोगका कर्मचारीको पनि स्वाब सङ्कलन गरिएको थियो ।  महाशाखाका ल्याब टेक्नोलोजिष्ट मीनराज पन्थी तथा ल्याब टेक्निसियन देविका खत्री र वसन्ती लोप्चन स्वाब सङ्कलनमा खटिनुभएको थियो । रासस