साउन ३२, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर ६४१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १७२ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

२४ घन्टामा १३४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १७ हजार ३२५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १२ हजार २४७ परीक्षण गरिएको छ ।

आज थपिए ६४१ कोरोना संक्रमित, उपत्यकामा आजसम्मकै बढी संक्रमित