Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज थप ७०७ जना कोरोना संक्रमित भेटिए, उपत्यकामै २००

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ४, काठमाडौं । गत २४ घण्टामा उपत्यकामा मात्र थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो।

विगत २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यो संगै देशभर निको हुनेको संख्या हालसम्म १७ हजार ९६४ पुगेको छ । मन्त्रालयको जानकारी अनुसार हाल देशभर ११ हजार ५५५ सक्रिय संक्रमित रहेका छन् ।

विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ६५ हजार बढीको पिसिआर परीक्षण भएको छ। त्यस्तै हालसम्म मृतक १२६ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको हो।