Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ५, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ।

सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयारी गर्न, क्वारेन्टाइन बनाउन, निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो। ‘संक्रमण बढ्दै गएको छ।

धेरै जिल्लामा आइसोलेसन बेड अभाव छ। हामीले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई यसको आवश्यक प्रबन्ध गर्न भनेका छौं’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले मन्त्रिपरिषद्को बैठकबाट आउने निर्णय कार्यान्वनमा लैजान निर्णय कुरिरहेको बताए। बिहीबार साँझ सुरु भएको मन्त्रिपरिषद् बैठक राति अबेरसम्म बसेको थियो।

गृह मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले गरी ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेका छन्।

‘अत्यावश्यक सेवा, खाद्यान्न अभाव नहोस्। कोही कसैले खाद्यान्न नपाएको र कालोबजारी गरेको गुनासो नआओस् भन्नेतर्फ मन्त्रालय सचेत छ।

त्यही अनुसार प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ’, गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले भने। नागरिकमा खबर छ ।