२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वाब दिए पनि अनिवार्य क्वारेन्टिनमा बस्नुहोस् : स्वास्थ्य मन्त्रालय

२०७७, ७ भाद्र आईतवार ०८:५०

भदौ ७, काठमाडौँ । पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गर्नुभएको हो । 

सरकारी अस्पतालका नर्सिङ, पारामेडिकहरुले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका दुईवटा कल सेन्टर १११५ र ११३३ मा खबर गरी पिपिइ लिन उहाँले अनुरोध गर्नुभयो ।

यस्तै काठमाडौँमा सङ्क्रमणको दर बढिरहेकाले सङ्क्रमतिको नजिक आएकाहरुलाई ‘प्राइमरी कन्ट्याक्ट’ भनिएकाले ती प्राइमरी कन्ट्याक्टमा आएकालाई तुरुन्तै पिसीआरका लागि स्वाब दिन मन्त्रालयका प्रवक्ता डा गौतमले अनुरोध गर्नुभएको छ । 

नेपालमा अहिलेसम्म पाँच लाख ९२ हजार ४१८ जनाको पिसीआर परीक्षण गारिएको छ । तीमध्ये ३१ हजार ११७ जनामा सङ्क्रमण, १८ हजार ३५० जनामा सङ्क्रमण निको र १४६ जनाको स¬ङ्क्रमणका कारणले मृत्यु भइसकेको छ ।

“पिसीआर पोजेटिज आइसोलेसनमा गएकासँग सम्पर्कमा रहेका प्राइमरी कन्ट्याक्टले सङ्क्रमितसँग सम्पर्क भएको अन्तिम दिनदेखि गणना गर्दा पाँचदेखि सात दिनभित्रमा स्वाब दिन अनुरोध छ”, उहाँले भन्नुभयो, “सङ्क्रमितसँग भेटेको तुरुन्तै पिसीआर परीक्षण गरेपछि ‘फल्स नेगेटिभ’ आउँछ । नेगेटिभ आयो भनेर ढुक्क हुने तर सङ्क्रमणमा हुने डर हुन्छ । त्यसैले पाँचदेखि सात दिन कुर्नु पर्दछ र उक्त समयमा छुट्टै क्वारेन्टिनमा समेत बस्नुपर्दछ ।”

काठमाडाँै उपत्यकामा नमूना परीक्षणका लागि १४ वटा अस्तालमा स्वाब सङ्कलन केन्द्र राखिएको छ । त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्तपाल, निजामती अस्पताल, स्टार अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, सशस्त्र प्रहरीको बलम्बु अस्पताल, ह्याम्स अस्पताल, नेपाल–चीनमैत्री अस्पताललगायतका १४ अस्पतालमा गई स्वाब दिनका लागि सङ्क्रमणको जोखिम भएका व्यक्तिलाई आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो