Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

यस्तो रहनेछ आजको मौसम पूर्वानुमान

By साझासवाल

भदौ १३, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ ।

साथै भारतको  मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने जनाएको छ ।

महाशाखाले हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जानकारी दिएको छ ।

शनिबार जारी पूर्वानुमानमा दिउँसो देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १  को  एक वा दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।

यसैगरी, शनिबार राति देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, सुदुर पश्चिम प्रदेशका  एक वा दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।