Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्छ : नेता सिंह

२०७७, १६ भाद्र मंगलवार १२:२२

भदौ १६, काठमाडौँ (रासस) । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले महिला नेत्री स्व मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल साप्ताहिक कार्यक्रमको समापन कार्यक्रममा उहाँले संविधानले दिएको अधिकार कार्यान्वयनका लागि महिला सशक्त भएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । 

नेता सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने तथा उनीहरुको पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला स्व सिंह भएको उल्लेख गर्नुभयो । पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशिल बनाउनु जरुरी रहेको सिंहको भनाई थियो ।काँग्रेस कोषाध्यक्ष सीतादेवी यादवले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताउनुभयो ।

केन्द्रीय सदस्य सुजाता कोइरालाले स्व सिंहले महिला अधिकार र प्रजातन्त्र स्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिएपनि महिलाको अधिकार किन स्थापित हुन सकेन, काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, उहाँले भन्नुभयो । 

केन्द्रीय सदस्य एवम् गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले महिला समानता, सामाजिक न्याय र राजनीतिक अधिकार निर्माणमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । केन्द्रीय सदस्य कमला पन्तले संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व भएपनि महिलाले केही अधिकार स्थापित गर्न नसकेको उल्लेख गर्नुभयो ।

“नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सकेमात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौँ”,उहाँले भन्नुभयो । केन्द्रीय सदस्य पुष्पा भुसालले मङ्गलादेवी सिंह काँग्रेसको मात्र नेता नभई नेपाली सबै महिलाको नेता भएको उल्लेख गर्नुभयो । पार्टीका पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ, मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले महिलाका कारण नेपाली काँग्रेस बलियो भएको बताउँदै नेतृत्व तहमै महिलालाई ३३ प्रतिशत अधिकार दिनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै