भदौ १९, काठमाडौं । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ८७७ पुगेको छ । बिहीबार ९१७ जना कोरोना सङ्क्रमणमुक्त भइ घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्कनेको सङ्ख्या २४ हजार २०७ पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४१३ रहेको मन्त्रालयले जनाएको छ । १२ वटा जिल्लामा सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढी छ भने ६ वटा जिल्लामा एक जना पनि सङ्क्रमित छैनन् ।

स्वास्थ्य मन्त्रालयकाअनुसार ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्लामा सङ्क्रमित छैनन् । काठमाण्डौ, ललितपुर, चितवन, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही र रुपन्देहीमा ५ सयभन्दा बढी सङ्क्रमित छन् । १२ जिल्लामध्ये पनि काठमाण्डौमा सबैभन्दा धेरै ५ हजार ६ जना सङ्क्रमित छन् ।

संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा सात हजार ७४२ जना छन् । यसैगरी देशभरका क्वरेण्टीनमा छ हजार ७४९ जना रहेका छन् । देशभर अहिले १४१ जना कोरोना सङ्क्रमितको सघन उपचार कक्षमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

September 4, 2020
काठमाडौँ - KTM, समाज
कुन जिल्लामा कति कोरोना सङ्क्रमित ? हेर्नुहोस्
By साझासवाल
3 मिनेट पढाइ