Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान : आबेको उत्तराधिकारीको लागि दौड शुरू

२०७७, २३ भाद्र मंगलवार १६:०६

 भदौ २३, टोकियो (रासस/एएफपी) । जापानको सत्तारूढ पार्टीले मङ्गलबार प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी छनौट गर्न दौड शुरू गरेको छ । प्रधानमन्त्रीबाट राजिनामा दिने घोषणा गरेका आबेको दाहिने हात मानिने योशिहिदे सुगाले दलमा एउटा व्यक्तिको मात्र नभई दलमा कुशल नेतृत्वको छनोट हुने बताउनुभएको छ । 

एक स्ट्रबेरी किसान परिवारबाट जापानी राजनीतिमा उच्च नेतृत्वमा पुग्न सफल ७१ वर्षीय सुगालाई आगामी नेतृत्वको प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

जापानी मन्त्रीपरिषद्का मुख्य सचिवसमेत भई काम गरेका उहाँलाई सेप्टेम्बर १४ मा हुने लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को संसदीय दलको नेता बन्नका लागि पार्टीमा प्रमुख समूहहरुको समर्थन सुरक्षित भइसकेको बताइएको छ ।

एलडीपीमनिर्विरोध नेतृत्व हस्तान्तरण हुने अवस्था देखिएको छैन । नेतृत्व हात पार्न सुँगाले जापानी राजनीतिमा अर्का एक लोकप्रिय पूर्व रक्षामन्त्री र पार्टीको नीति प्रमुखसँगै संसदीय दलको नेता चयन हुनका लागि कडा प्रतिस्पर्दा गर्नुपर्नेछ । 

एलडीपीको ठोस विधायकीय बहुमतका कारण दौडका विजेताले सेप्टेम्बर १६ मा संसदमा बहुमत प्राप्त गरी प्रधानमन्त्री बन्न सक्नेछन् । एलडीपीसँग संसदको स्पष्ट बहुमत भएकोले उक्त पार्टीको संसदीय दलको नेता नै भावी प्रधानमन्त्री हुने भन्ने निश्चित छ ।

जापानको सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्री आबेले अचानक स्वास्थ्य कारणका लागि राजीनामा गर्ने घोषणा गरेका कारण एलडीपीले नयाँ सरकार गठनका लागि नेतृत्वको दौड सुरु गर्नुपरेको हो । 

तत्कालका लागि जो प्रधानमन्त्री भएपनि प्रधानमन्त्रीले जनताको समर्थनको लागि निर्वाचनको घोषणा गर्ने जापानी राजनीतिबारे जानकार विश्लेषकहरूले अनुमान लगाएका छन् । 

तर सुगाले तत्काल आम निर्वाचन असम्भव हुने सङ्केत गर्दै नयाँ प्रधानमन्त्रीले महामारीविरूद्ध आफ्नो प्राथमिकतालाई अघि सार्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश