Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी विदेशमन्त्री कतार जाँदै

२०७७, २६ भाद्र शुक्रबार ०८:३५

भदौ २६, (रासस/एएनआई) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिबानसँग हुन गइरहेको शान्ति वार्ताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ कतारको दोहा जाने बताउनुभएको छ । 

सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको हो । उहाँले स्थानीय समयानुसार बिहीबार बिहान अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।

राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो– म यहाँहरुलाई यो जानकारी गराउन चाहन्छु कि कतारको राजधानी दोहामा हुन लागेको अफगान सरकार र तालिबानबीचको शान्ति वार्ताका लागि आजै साँझ विदेशमन्त्री पोम्पेओ त्यसतर्फ जाँदै हुनुहुन्छ । 

त्यस पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अफगानिस्तानमा अमेरिकी सेनाको संख्या कटौती गरेर ४ हजारमा ल्याउने योजना पनि सुनाउनुभयो । त्यस्तै उहाँले इराकमा पनि अमेरिकी सेनाको संख्यामा कटौती गर्ने जानकारी पनि सो अवसरमा गराउनुभएको थियो ।  

अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र रुपमा हिंसा गरिरहेको मुख्य विद्रोही समूह तालिबानसँग अफगान सरकारले शान्ति वार्ता गर्ने भएको समाचार यसअघि नै आएको थियो । 

तालिबान समूहले पनि एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पठाएको जानाएको थियो । तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि वार्ता गर्ने अन्तिम तयारी भएको जनाइएको छ । 

गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाका बीचमा कतारको राजधानी दोहामा भएको सम्झौता पछि अफगान सरकार र तालिबान समूहबीच वार्ताको तयारी शुरु हुन लागेको हो । 

गत शनिबार मात्र अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषदका प्रवक्ता फराइदून ख्वाजुनले अफगान सरकार तालिबानसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको जानकारी दिनुभएको थियो । 

यसैबीच हालैमात्र तालिबान सशस्त्र विद्रोही समूहले पनि सो समूहका मुख्य न्यायाधीश अब्दुल हकिमलाई वार्ता टोलीको प्रमुखमा नियुक्त गरिएको बताएको थियो । गएको फेब्रुअरी महिनामा संयुक्तराज्य अमेरिकासँग सम्झौता हुनुअघि तालिबान समूहले अफगान सरकारसँग वार्ता नगर्ने अडान राखेकामा पछिल्ला केही हप्तामा तालिबान र अमेरिकी सरकारले तालिबानहरुका मागहरु सम्बोधन गरेपछि उनीहरु वार्ताका लागि तयार भएका हुन् । 

अफगान सरकारले वार्ताका लागि सरकारी र विपक्षीहरु समेत समावेश गरेर वार्ता टोली बनाएको छ । अमेरिकी विदेश मन्त्रालयले यसै हप्ता एक वक्तव्य प्रकाशन गरी अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद पनि वार्ताको प्रगतिका बारेमा दुबै पक्षलाई मनाउन कतारको राजधानी दोहा पुगेको जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश