Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन कक्षाका नाममा चर्को शुल्क असुल्नेलाई कारवाही माग

२०७७, ३१ भाद्र बुधबार ०७:२०

भदौ ३१, काठमाडौँ (रासस): तेह्र विद्यार्थी सङ्गठनले अनलाइन कक्षाका नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ ।  विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाका नाममा चर्को शुल्क असुल गरिरहेको भन्दै भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाहीको माग गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिनुभयो । 

बैठकले कक्षा १२, क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाई परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ । कोभिड–१९ तत्काल नियन्त्रण नहुने र अझै एक दुई वर्ष रहने प्रक्षेपण गरिएको, वैकल्पिक सिकाइ प्रभावकारी नभएको र शैक्षिक सत्र खेर जाने देखिएकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय क्याम्पस र विश्वविद्यालयको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न सरकारसँग अनुरोध गरिएको छ ।  

बैठकले कोरोनाका कारण अलपत्र परेका विद्यार्थी, गरिब तथा विपन्न मजदूरको कोठा भाडा र राहत प्याकेज घोषणा गर्न, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलबको व्यवस्था गर्न सरकारसँग मागसमेत गर्ने निर्णय गरेको छ । विद्यार्थी सङ्गठनले कोभिड–१९ नियन्त्रणका लागि औषधि खरिद, क्वारेन्टिन र अन्य व्यवस्थापनमा भएको भनिएको अनियमितता तथा भ्रष्टाचारको छानबिन गरी अनियमितता र भ्रष्टाचारमा संलग्नलाई कार्यवाही गर्न माग गरेका छन् ।

पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वनलगायत विश्वविद्यालयमा पदाधिकारी नहुँदा सम्पूर्ण काम अस्तव्यस्त भएकाले ती विश्वविद्यालयमा खुला प्रतिस्पर्धाका आधारमा तत्काल पदाधिकारी नियुक्ति गर्न अनुरो समेत गरिएको लामिछानेले बताउनुभयो । बैठकले छात्रवृत्तिलाई दोब्बर वृद्धि गरी वैज्ञानिक र व्यवहारिक मापदण्ड बनाइ पारदर्शी ढङ्गले कार्यान्वयन गर्न माग गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सिटिइभिटी०ले प्रवेश परीक्षा नलिई जिपिएका आधारमा भर्ना गर्ने सूचना जारी गरेको र त्यसबाट सरकारी विद्यालयका विद्यार्थी भर्नाबाट वञ्चित हुने देखिएकाले सरकारी विद्यालयका ८० प्रतिशत तथा निजी विद्यालयका २० प्रतिशत विद्यार्थी भर्ना लिने व्यवस्था गर्न माग गरिएको छ ।

विद्यार्थी सङ्गठनले बन्दाबन्दी ९लकडाउन० खुलेपछि यातायातमा ५० प्रतिशत भाडा वृद्धि गरिएको प्रति आपत्ति जनाउँदै भाडा वृद्धि तत्काल खारेज गर्न तथा विद्यार्थी सहुलियतलाई कडाइपूर्वक कार्यान्वयन गर्न माग गरेको लामिछानेले जानकारी दिनुभयो । 

बैठकले महँगी र कालोबजारी नियन्त्रण गर्नसमेत सरकारसँग माग गरेको छ । बैठकमा अनेरास्ववियुका संयोजक ऐन महर, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल ९छैटौं०का अध्यक्ष विमल पोखरेल, अखिल ९पाँचांै०का अध्यक्ष धनश्याम मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठलगायत १३ विद्यार्थी सङ्गठनका अध्यक्षको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश