Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

वाग्मती प्रदेश सरकारले धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड दिने

By साझासवाल

<p>भदौ ३१, वाग्मती (रासस) । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई रु तीन करोड दिने निर्णय गरेको छ । </p><p>प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७÷०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो ।</p><p>कोभिड –१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम&nbsp; गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।</p><p>आजको मन्त्रिपरिषद् बैठकले&nbsp; प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको&nbsp; आर्थिक मामिला तथा योजनामन्त्री&nbsp; ढुङ्गेलले जानकारी दिनुभयो ।</p>