Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा विभिन्न घटनामा तीन जनाको मृत्यु

२०७७, ३ आश्विन शनिबार ०६:४३

असोज ३, चितवन (रासस) । जिल्लाका विभिन्न घटनामा आज तीन जनाको मृत्यु भएको छ । कोरोनाको सङ्क्रमण, सर्पको डसाइ र दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको कोरोना सङ्क्रमणका कारण आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–९ की  ५१ वर्षीया महिला रहेकी छन् । 

कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार स्वासप्रस्वासमा समस्या आई भदौ २८ गते भर्ना भएकी उनमा २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनकोे आज बिहान ६ः१५ बजे मृत्यु भएको हो । 

यस्तै पिकअप भ्यानको ठक्करले एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–६ गीतानगरबाट सिताराम चोकतर्फ आइरहेको लु १ च ४४३५ नम्बरको भ्यानले प्रदेश २–०३–००६ प ७७६१ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ३७ वर्षीय ज्योती दराई रहेको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते उनको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।  दराईलाई ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । 

यता सर्पले डसेर एक जनाको मृत्यु भएको छ भने दुई जना उपचारका क्रममा रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले डसेको थियो । सर्पको डसाईपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । 

यस्तै सर्पको डसाईका कारण उनका हजुरआमा ५६ वर्षीया केशरी विक र आमा २३ वर्षीया रुवी सुनारको. अवस्था गम्भीर रहेको छ । उनीहरु मध्ये विकको चितवन मेडिकल कलेज र सुनारको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश