Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नेपालसँगको व्यापारमा चीन असहयोगी

By साझासवाल

असोज ४, काठमाडौं । नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमानाका बन्द गरेर असहयोग गरेको हो। चीनले सीमानाका बन्द गर्नुलाई व्यापारीले ‘हेपाहा प्रवृत्ति’ को संज्ञा दिएका छन्।

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनले नेपालसँगको व्यापारमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्नुपर्नेमा उल्टै दुई प्रमुख व्यापारिक सीमानाका बन्द गरेको छ। उसले रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाली व्यापारीलाई अर्बौ रुपैयाँ नोक्सानी भएको छ। सामान आयात–निर्यात बाधा भएको छ।

नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव नवराज तिमल्सिना चीनले त्यहाँ उत्पादित सामान सडकमार्गबाट नेपाल ल्याउन असहयोग गरेको बताउँछन्। ‘अर्बौंका सामान महिनौंदेखि अलपत्र हुँदा पनि चीनले नाका बन्द गरेको छ,’ तिमल्सिनाले भने, ‘यो चीनको हेपाहा प्रवृत्ति हो।’

संघका अनुसार चीनबाट नेपाल आउन लागेका विभिन्न सामानसहितका १२ सय कन्टेनर सात महिनादेखि तिब्बतको केरुङमा रोकिएका छन्। तातोपानी नाकाबाट आउने करिब दुई सय कन्टेनर पनि चिनियाँ भूमिमा रोकिएका छन्।

चीनबाट नेपालमा वार्षिक करिब दुई खर्ब रुपैयाँका सामान आयात हुन्छ। पोहोर चीनबाट एक खर्ब ८१ अर्ब रुपैयाँको सामान आयात भएको थियो। नेपालबाट एक अर्ब १९ करोड रुपैयाँका सामान चीनतर्फ निर्यात भएको थियो। चीनसँग नेपालको एक खर्ब ८० अर्ब व्यापार घाटा छ। यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।