<p>असोज ८, काठमाडौं । बिहीबार पनि सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । बुधबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १२ सय रुपैयाँले घटेर ९३ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १२ सयले नै घटेर ९२ हजार ६ सयमा आईपुगेको छ ।<br></p><p>चाँदीको भाउ पनि आज ७० रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँ कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ८२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ३९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९६० रुपैयाँ कायम गरेको छ । </p>
September 24, 2020
काठमाडौँ - KTM, समाज
बिहीबार पनि घट्यो सुनको भाउ, आजको भाउ कति ?
By साझासवाल
2 मिनेट पढाइ










