Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असोज ८, चितवन ।</b> नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसंगै&nbsp; दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२:५ बजे पहिरो पन्छाइएको हो ।&nbsp;<br></p><p>इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राति ९:२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो स्थानमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । सोही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । उता पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सवारी साधन सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।&nbsp;</p><p>केही दिनयताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी&nbsp; छ । रासस&nbsp;</p>