Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोरोना अपडेट: प्रदेश १ मा १९७ थपिए, सुदूरपश्चिममा हालसम्म १७ को मृत्यु र कर्णालीमा ३७२९ सङ्क्रमित

By साझासवाल 9 मिनेट पढाइ

असोज १६, विराटनगर | पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्यामा यो हालसम्मकै उच्च हो । थपिएका सङ्क्रमितमा मोरङका १४६ मध्ये विराटनगरमा १२३ , सुनसरीमा २३, झापामा २१, तेह्रथुममा दुई र प्रदेश  बाहिर पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती मध्ये महिला ६५ र पुरुष १३२ छन् भने विराटनगरमा थपिएका मध्येमा महिला ४७ र पुरुष ७६ रहेका छन् ।

यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ ।  हालसम्म तीन हजार ४३८  निको भएर घर फर्किसकेका र एक लाख २५ हजार ६८१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

तीन दिनमा ३४६जना सङ्क्रमित

सुदूरपश्चिम प्रदेशमा आज १२०जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै प्रदेशमा कूल सङ्क्रमित सात हजार ४९५जना पुगेका छन् ।  प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार  सक्रिय सङ्क्रमित बिरामी एक हजार चार जना रहेका छन् ।

असोज महिना लगेसँगै कोरोना सङ्क्रमितको मृत्यु दर बढ्दा पछिल्ला तीन दिनमा सङ्क्रमणको दर पनि उच्च देखिएको छ । पछिल्लो तीन दिनमा मात्र प्रदेशमा ३४६जना सङ्क्रमित थपिएका छन् । पछिल्लो दुई हप्तायता कैलालीमा तीन, र अछाम, डडेलधुरामा एक÷एक जना समेत पाँच जनाको मृत्यु भएको छ । हालसम्म कैलाली जिल्लाका नौ ,अछाम, बझाङ,र बाजुराका दुई/दुई  र डडेलधुरा र बैतडीका एक÷एक समेत १७ जना सङ्क्रमितको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा  कोरोना भाइरसको स्वाब सङ्कलन केन्द्र स्थापना गरिएको छ । जर्मन राजदूतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको पहलमा धनगढी उप–महानगरपालिमा स्थापना गरिएको स्वाब सङ्कलन केन्द्रको आज नगर प्रमुख नृपबहादुर वड र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख वडले स्वाब सङ्कलन केन्द्र सञ्चालनमा आएसँगै कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन कार्य सहज हुने बताउनुभयो । उपमहानगरपालिका कार्यालयको पहलमा हाल कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा समुदाय स्तरमा शिबिर सञ्चालन गरी स्वाब सङ्कलन भइरहेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा.अवस्थीले धनगढी उप–महानगरपालिकाले कोरोना रोकथामका लागि गरिरहेको काम नमूनाको भएको बताउनु भयो ।

रेडक्रसले कोरोना रोकथाम र उपचार व्यवस्थापनका लागि यस अघि पनि उपमहानगरपालिकालाई विभिन्न समाग्रीको सहयोग गरेको थियो ।

पछिल्ला दिनमा उपमहानगरपालिका क्षेत्रमा कोरोना समुदाय स्तरमा फैलिएको नगरपालिका कार्यालय, स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले बताउनुभयो । नगर क्षेत्रमा आज सम्म कूल सङ्क्रमित भएका ७०३ मध्ये १९६जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये ९० प्रतिशत स्थानीय समुदाय भित्रकै व्यक्ति र बाँकी दश प्रतिशत बाहिरवाट आएकामा सङ्क्रमण भएको पाइएको जनाइएको छ ।

सङ्क्रमितको सङ्ख्या तीन हजार ७२९ पुग्यो

पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण बढ्न थालेको छ । यद्यपि सरकारी कार्यालयदेखि बाटोघाटो, चियापसल, धारा पँधेरा र सडकलगायत जताततै मान्छेको भीड पनि त्यत्तिकै बढेको देखिन्छ  । शुरुका दिनहरु जस्तो सावधानी कोही कसैले अपनाएको देखिदैन । आजको दिनमा मात्रै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ७७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला भएको परीक्षणमा नौ  गरी ८६ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

“बिहीबार पनि कर्णालीमा १०५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो,” उहाँले भन्नुभयो, “आज ८६ जना थपिएसँगै  सङ्क्रमित हुनेको सङख्या तीन हजार ७२९ पुगेको छ ।” सङक्रमितमा सुर्खेतका ५३, जुम्लाका सात, दैलेखका छ, कालीकोटका चार, जाजरकोटका दुई र प्रदेशबाहिर १४ जना रहेको उहाँले बताउनुभयो । अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङक्रमण पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका १९, स्वास्थ्यकर्मी १२, कर्मचारी आठ, क्वारेन्टाइनमा रहेका छ, सशस्त्र प्रहरी पाँच, एयरलाइन्स कर्मचारी चार, प्रहरी तीन, बिरामी र शिक्षक दुई÷दुई जना रहेका छन् । त्यस्तै, इन्जिनियर, थुनुवा, अटोचालक, कृषकहरु पनि सङ्क्रमण देखिएको छ ।

हाल यहाँ सक्रिय कोरोना सङ्क्रमितको सङख्या ४९२ रहेको जनाउँदै उहाँले आज तीन जना घर फर्किएका छन् । कर्णालीमा कोरोना जितेर घर फिर्ता हुनेको सङ्ख्या तीन हजार ४५ पुगेको छ । कोरोना महामारीविरुद्ध सरकारले जारी गरेका आवश्यक निर्देशन तथा मापदण्डको पालना नगर्दा पछिल्लो समयमा यहाँ सङ्क्रमणले सबै क्षेत्रमा जोखिम बढाएको छ  । रासस