२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गम्भीर प्रकृतिका संक्रमित बढ्दै, भेन्टिलेटर र आईसीयूमा बस्नेको ग्राफ बढ्दो

२०७७, १९ आश्विन सोमबार ०२:०९

असोज १९, काठमाडौं । केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना भेन्टिलेटर र २ सय २६ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ११२ जना रहेका छन् । बाग्मतीमा २७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेश ५ मा ४४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् ।

प्रदेश १ मा २८ जना आईसीयू र १ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आईसीयू उपचाररत छन् । सुदूरपश्चिममा ४ जना आईसीयू, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आईसीयूमा उपचाररत छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ । आइतबार सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।

यस्तै, देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ । आइतबार २२ हजार २ सय १९ जना सक्रिय संक्रमितमध्ये ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।

सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार १ सय ५३ जना होम आइसोलेसनमा छन् । प्रदेश १ मा १ हजार ८ सय ५०, प्रदेश २ मा ५ सय ५८, प्रदेश ५ मा १ हजार २ सय २, सुदूरपश्चिम प्रदेशमा ४ सय १८, गण्डकी प्रदेशमा ५ सय ३२ र कर्णाली प्रदेशमा २ सय ८० जना होम आइसोलेसनमा रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक