Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डा. केसीसँग वार्ता गर्न ७२ घण्टे अल्टिमेटम

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १९, काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार डा. गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। डा. केसी अनशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ।

संघका महासचिव डा. बद्री रिजालले संस्थाका तर्फबाट हालसम्म गरिएका हरेक पहललाई सरकारले बेवास्ता गरेको भन्दै प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका छन्।

‘७२ घण्टाभित्र पनि सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ति कुनै पहल अगाडि नबढाए जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ’, विज्ञप्तिमा लेखिएको छ। वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्न संघ तयार रहेको व्यहोरा जनाइएको छ।

संघले आयोजना गरेका विभिन्न बैठकले केन्द्रीय कार्यकारिणी समितिलाई दिएको म्यान्डेटअनुरूप डा. केसीको जीवनरक्षाका लागि वार्ता टोली गठन गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ।

संघले विभिन्न विशेषज्ञ समाज, पूर्वअध्यक्ष, पूर्वमहासचिव, काठमाडौं उपत्यकामा रहेका अस्पतालका निर्देशकहरूसहित संघको परिषद् बैठक राखी बृहत् छलफल गरेको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।