Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ राहत प्याकेजमा चुनावअघि डेमोक्रेटसँग वार्ता हुँदैनः ट्रम्प

२०७७, २१ आश्विन बुधबार ११:४६

असोज २१, वासिङ्टन (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ राहत प्याकेजका सम्बन्धमा डेमोक्रेटिक पार्टीसँग चुनाव अघिसम्म छलफल अन्त्य भएको घोषणा गर्नु भएको छ । 

अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजभ्र्स) ले मुलुकको अर्थतन्त्रको अवस्था निकै नाजूक अवस्थामा रहेको विवरण सार्वजनिक गरेलगत्तै राष्ट्रपति ट्रम्पले थप आर्थिक राहत प्याकेजका बारेमा थप छलफल नगर्ने बताउनु भएको हो । 

राष्ट्रपति ट्रम्पले गर्नु भएको ट्वीटमा अमेरिकी संसद कङ्ग्रेसकी सभामुख नान्सी पेलोसीले असल मनशायका साथ वार्ता गर्न नचाहेको आरोप लगाउनु भएको छ । राष्ट्रपति ट्रम्पले सिनेटमा बहुमत प्राप्त दल रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनललाई आफूले सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेकी एमी कोने ब्यारेटको संसदीय सुनुवाई तत्काल अघि बढाउन आग्रह गर्नु भएको छ । 

ट्रम्पले ट्वीटमा भन्नुभएको छ, “मैले चुनाव अघिसम्म राहतका विषयमा वार्ता स्थगित गर्न पार्टीका सदस्यलाई भनिसकेको छु, र मैले राष्ट्रपतिको चुनाव जितेलगत्तै ठूलो राहत प्याकेज घोषणा गर्नेछु जसले मेहनेती अमेरिकी जनता र साना व्यवसायलाई मुख्य रुपमा ध्यान दिनेछ ।” 

मध्यस्थता वार्ता स्थगित गरेको केही घण्टापछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले चुनाव अघि हरेक अमेरिकी योग्य नागरिकको खातामा एक हजार २०० डलरको राहत दिन अमेरिकी कंग्रेस समक्ष अनुरोध गर्नु भएको थियो । तर त्यसको जवाफमा कंग्रेसकी सभामुख पेलोसीले आंशिक सम्बोधनको साटो विस्तृत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनु भएको थियो । 

मंगलबार साँझ एकपछि अर्को ट्वीट गर्नु भएका राष्ट्रपतिले भन्नुभएको छ, “म अहिल्यै तत्कालै हस्ताक्षर गर्न तयार छु । के नान्सी तपाइँले सुन्नु भएको छ ?” उहाँले कंग्रेस समक्ष विमान सेवाका लागि २५ अर्ब डलर र साना व्यवसायलाई मद्दत गर्न १३५ अर्ब डलरको अर्को राहत प्याकेज स्वीकृत गर्न आह्वान गर्नु भएको छ । 

राष्ट्रपति ट्रम्पको उक्त अप्रत्यासित कदमले राष्ट्रपति पदमा पुनः निर्वाचित हुने सम्भावनालाई झनै क्षीण बनाएको छ र उहाँको चुनावी अभियानमा ठूलो धक्का लागेको छ । राष्ट्रपति ट्रम्प स्वयं ह्वाइट हाउसमा क्वारेन्टिनमा बस्नु भएको छ । पछिल्ला चुनावी मत सर्वेक्षणले राष्ट्रपति ट्रम्प डेमोक्रेटिक उम्मेदवार जो बाइडेनभन्दा निकै पछि रहनु भएको देखाएका छन् । 

अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । 

पूर्व उपराष्ट्रपति एवं राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले राष्ट्रपति ट्रम्पका पछिल्ला प्रस्ताव र कदमहरु अस्वीकार्य रहेको बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू