Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी कार्यालयमा ‘ट्राफिक नियम’

२०७७, २१ आश्विन बुधबार १६:११

 असोज २१, काठमाडौँ (रासस) । ट्राफिक प्रहरीले उपत्यकाका सरकारी कार्यालयमा ‘ट्राफिक सचेतना’ सम्बन्धि होर्डिङ बोर्ड राख्न शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक नियम सम्बन्धि मुख्य, मुख्य व्यावहारिक र जीवनउपयोगी बुँदा राखेर तयार गरिएको होर्डिङ बोर्ड राख्न शुरु गरेको हो । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सरकारी कार्यालयमा होर्डिङ बोर्ड राख्न शुरु गरिएको जानकारी दिनुभयो ।

“चालकलाई आफ्नो जिम्मेवारीप्रति बोध गराई सडक सभ्यतालाई जीवन पद्धतीको रुपमा विकास गर्न यो अभियान शुरु गरिएको हो”, उहाँले भन्नुभयो ।

ट्राफिक व्यवस्थापनका लागि सडक पूर्वाधार, कानून कार्यान्वयन र सडक सचेतना आवश्यक रहेको उहाँको भनाइ थियो । महाशाखाले उपत्यकाका मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताललगायतका क्षेत्रमा उक्त होर्डिङ बोर्ड राखेको हो । 

सवारी चालक र सडक प्रयोगकर्ताले पालना गर्नुपर्ने ट्राफिक नियमहरु जानकारी हुँदा जिम्मेवार नागरिक भई सडकमा प्रस्तुत हुने र त्यसबाट सडक सभ्यताको विकास भई ट्राफिक व्यवस्थापनमा सहयोग हुने महाशाखाले जनाएको छ । महाशाखाले उपत्यकाका विभिन्न कार्यालयमा ४०० होर्डिङ बोर्ड राख्ने बताएको छ ।–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू