२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक चार जनालाई परीक्षण गर्दा एक जना संक्रमित !

२०७७, २४ आश्विन शनिबार १२:०३

अनिल अधिकारी | असोज २४, काठमाडौँ | कोरोना महामारीको बढ्दो लहरले नेपाललाई पनि छोएको छ । पछिल्लो २४ घण्टाको तथ्यांकलाई हेर्ने हो भने हरेक १०० जनाको परीक्षण गर्दा २५ जना भन्दा बढी कोरोना संक्रमित भएका छन् । 

कोरोना संक्रमणको बढ्दो ग्राफले नेपालमा कोरोना संक्रमणको अवस्था थप जटिल बाटोतर्फ गईरहेको पुष्टि हुने थुप्रै आधारहरु छन् । जनमानसमा कोरोना केहि होइन भन्ने भ्रम छरिएको अवस्थामा सरकारले समेत कोरोना संक्रमणको अवस्थालाई लिएर जनताले बुझेको बुझाईलाई सहि तरिकाले सूचना सम्प्रेषण गरि सचेत गराउन सकेको छैन । बिभिन्न स्वास्थ्य मापदण्ड भनिएपनि त्यो पालना भएनभएको वेवास्था गरिएको छ । 

आज देशभर १९ हजार ३२० जनाको कोरोना परीक्षण भएको छ । जसमध्ये झन्डै २६ प्रतिशत अर्थात ५ हजार ८ जना संक्रमित भेटिएका छन् । २४ घण्टामै भेटिएको यो संख्याको कन्ट्रयाक ट्रेसिङ गर्ने र बाँकीलाई कोरोना फैलाउन नियन्त्रणमा ल्याउने क्षेमता सरकारको छैन । जनता आफै सचेत भएर जोगिनुको बिकल्प नभएको अवस्थामा कतिपय संक्रमितले आफूले भेटेका र सम्पर्कमा आएकाहरुलाई समेत आफूलाई कोरोना लागेको बारे जानकारी दिन हिचकिचाउने वा नभन्ने गरेका छन् । आफूलाई कोरोना लागेको सकेसम्म थाहा नदिने प्रवृतिको विकास भएको कारणले कोरोना महामारीको आगो कहाँ-कहाँ सल्किएको छ भन्ने पत्ता लगाउन समेत हम्मे-हम्मे पर्ने देखिएको छ । 

जारी साताको पहिलो दिन असोज १८ गते सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेकोमा ६ दिनको अन्तरालमा सक्रिय संक्रमितको संख्या सनिबार ३० हजार ८१८ पुगेको छ । यो ६ दिनको आंकडालाई हेर्ने हो भने पनि आगामी  दिनको कोरोना संक्रमणको गतिलाई आंकलन गर्न सहज छैन । 

देशभर कोरोना संक्रमितको संख्या एक लाख नाघेर अस्पतालहरूमा आइसोलेसन र आईसीयू बेड अभाव हुन थालिसक्दा पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति र मन्त्रिपरिषद्को ध्यान संक्रमण रोकथाममा केन्द्रित छैन । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सनीबारसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । सक्रिय संक्रमित बढेको बढ्यै छन् । काठमाडौं उपत्यकामै आधा भन्दा बढी संक्रमित भेटिएको अवस्था छ । प्रमुख चाडपर्व नजिकिदै गर्दा मानिसहरु उपत्यका छाडेर जाने क्रम पनि बढ्दै छ । यसले झनै संक्रमणको अवस्थालाई बढावा दिने निश्चित छ । 

अर्को बिडम्बना कोरोना नियन्त्रण गर्न भनि बनेको एउटा संयन्त्र असोज यता निस्क्रिय रहेको सम्बद्ध अधिकारीहरुकै बयान छ । सरकारको नेतृत्व गर्ने पार्टी र प्रतिपक्षी पार्टी कोरोना कम पार्टीमा कार्यकर्ता भित्र्याउने कार्यक्रममा व्यस्त देखिन्छन् । केहि राजनीतिक दलक ठूलै नेताहरु कोरोना हाउगुजी हो भन्दै खुलम खूला हिडिरहेका छन् । अब कोरोनाबाट बच्न सरकारको जोर चल्ने स्थिति छैन । आफै सचेत हुनु जरुरी देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह