असोज २५, काठमाडौँ | गत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोड्नुभएको छ ।

डा केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् । केसीले गत भदौ १९ गतेदेखि जुम्लाबाट १९औँ अनशन शुरु गर्नुभएका स्वास्थ्यस्थिति खराब हुन थालेपछि सरकारले काठमाडौँ ल्याएको थियो ।

गएराति सरकारी वार्ता समिति र डा केसीबीच आठ बुँदे सहमति भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ताटोलीका संयोजक गोपी मैनाली र डा केसीले सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।

सरकारले मेडिकल शिक्षाका लागि विभिन्न ठाउँमा कलेज स्थापना गर्न लागेसमेतको जानकारी गराउँदै गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमबिबिएस कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोग समक्ष स्वयम मूल्याङ्कन प्रतिवेदन पेश गरिसकेको छ ।

यस्तै प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिवास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरु योजना स्वीकृत भइरहेको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतको अन्तिम चरणमा रहेको छ र हाल विस्तृत परियोजना प्रस्ताव सम्बन्धि कार्य प्रारम्भ भइसकेको जनाएको छ । रासस

October 11, 2020
काठमाडौँ - KTM, समाज
२८ दिनपछि डा. केसीको अनशन तोडियो
By साझासवाल
3 मिनेट पढाइ