Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा नसर्ने रोगको अवस्था भयावह

२०७७, २६ आश्विन सोमबार १०:२७

असोज २६, काठमाडौँ (रासस) । नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरुको छलफलबाट नेपालमा नसर्ने रोगको अवस्था निकै चुनौतीपूर्ण रहेको निष्कर्ष निक्लिएको छ ।  

कार्यक्रममा डा अभिनभ वैद्यले मधुमेह, मुटुरोग, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मष्तिस्काघात, अम्लपित्त, मिर्गौला खराबी, दम, माइग्रेन, डिप्रशन, मोटोपना आदी नसर्ने रोगहरुले नेपालमा भयावह अवस्था लिँदै गएको उल्लेख गर्नुभयो ।  यी रोगबाट ४० वर्षभन्दा मुनि उमेरका युवावर्ग बढी प्रभावित भएको बताउँदै उहाँले यी रोगबाट बच्न सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । चालिस वर्षभन्दा कम उमेरका ३७ दशमलव ९ प्रतिशत युवा नसर्ने रोगबाट नप्रभावित बनेको डा अभिनभ वैधले जानकारी दिनुभयो ।  

डा सरोज निरौलाले विश्वमा वार्षिक १० लाख मानिसले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताउनुभयो । क्यान्सरबाट ज्यान गुमाउनेमा ७० प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकका मानिस रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपालमा पनि क्यान्सरका रोगी बढ्दै गएको बताउँदै उहाँले नसर्ने रोग क्यान्सरबाट बचाउन जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । धुलोधुँवा, विकिरण रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढेको बताउँदै स्वस्थ जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार भएको उहाँले उल्लेख गर्नुभयो ।  

मानसिक स्वास्थ्यको विषय महामारीभन्दा अगाडिदेखि नै उठेको बताउँदै उहाँले कोरोना महामारीका कारण थप यसको जटिलता बढेको उल्लेख गर्नुभयो । उहाँले नेपालले कोरोना महामारीका कारण रोजगारी गुमाउदा, लामो  समयसम्मको बेरोजरीका कारण कमजोर आर्थिक अवस्था तथा अभावका कारण अधिकांशको मानसिक स्वास्थ्यमा असर परेको बताउनुभयो । मानसिक समस्याकै कारण मानिस आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको बताउँदै उहाँले पुरुषको तुलनामा ठूलो सङ्ख्यामा महिलाले आत्महत्या गर्ने उल्लेख गर्नुभयो । 

उहाँका अनुसार पैंतालीस प्रतिशतसम्म महिलाले आत्महत्या गर्ने प्रवृत्ति देखिएको छ । मानसिक समस्याबाट बच्नका लागि सकारात्मक सोच, स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 

डा कृष्णबहादुर थापाले बालबालिकामा जन्मजात देखिने डिस्लेक्सियाको प्रभाव बढ्दै गएको बताउनुभयो । विश्वमा विद्यालय जाने अवस्थाका तीन देखि १९ प्रतिशत बालबालिकामा यस्तो समस्या रहने अध्ययनले देखाएको बताउँदै नेपालको सन्दर्भमा पनि बालबालिकामा यस्तो समस्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । सचेतनाको अभावले नेपालमा यस्तो रोग लागेका बच्चाका लागि छुट्टै शिक्षा प्रणालीको व्यवस्था गर्न नसकिएको उहाँको भनाइ थियो ।  

‘‘डिस्लेक्सिया भएका बच्चा अरु सामान्य बच्चाभन्दा फरक हुन्छन् । उनीहरु शुद्ध उच्चारण गर्न नसक्ने तथा एकदमै ढिला अध्ययन गर्ने हुन्छन् । दायाँबायाँ ट्याउन नसक्ने हुँदा उनीहरु स्मल बी र डीलाई एउटै देख्छन् । जसले पनि अध्ययनमा अप्ठ्यारो हुन्छ’’, उहाँले भन्नुभयो । यस्ता बालबालिकाको अवस्था अनुसार पेडागोजी तयार गरी सोेहीअनुसार डिस्लेक्सिया भएका बालबालिकालाई सिकाइ प्रणाली लागू गर्न राज्यले पनि ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

प्रा डा अञ्जना सिंहले नेपालमा डेङ्गु भाइरसको प्रभावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डेङ्गु एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट लाग्ने उहाँले बताउनुभयो । नेपालमा २००४ सालमा डेङ्गु देखिएको बताउँदै उहाँले नेपालमा डेङ्गु सङ्क्रमण बढ्दै गएको उल्लेख गर्नुभयो ।  ‘‘डेङ्गु एउटा मानिसबाट अर्को मानिसमा सर्दैन र यो तब मात्र सर्छ जब एउटा लामखुट्टेली सङ्क्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस विकास भएर  त्यो लामखुट्टेले अर्को स्वस्थ मासिलाई टोक्छ’’, उहाँले भन्नुभयो ।

पूर्व स्वास्थ्य सचिव डा सुधा शर्माले एनआरएनएले यो महामारीको समयमा आयोजना गरेको लाइफ एण्ड हेल्थ साइन्स विषयक कार्यक्रम निकै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपालमा अर्टिजम डिस्लेक्सियालगायत मानसिक रोग, मुटु रोग, क्यान्सर, डेङ्गुलगायत नसर्ने रोगको जोखिम बढ्दै गएको बताउँदै न्यूनीकरणका लागि राज्यसँगै सम्पूर्ण सरोकारवालाको सहकार्य आवश्यकता भएको औँल्याउनुभयो । डा कृष्ण काफ्लेले नेपालको मध्यपहाड मानव, वन्यजन्तुबीचको द्वन्द्व क्षेत्रदेखि जुनोटिक रोगहरुको उच्च जोखिम क्षेत्र बन्दासम्मको परिवर्तन विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै