<p><b>असोज २६, काठमाडौं ।</b> नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेकी आमा सोमादेवी कोइरालाको निधनप्रति दुःख व्यक्त गरेको छ । त्रियानब्बे वर्षीय कोइरालाको आज ललितपुरस्थित आफ्नै निवासमा निधन भएको हो । <br></p><p>‘महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेकी आमा सोमादेवी कोइरालाको दुःखद निधन भएकाप्रति महासङ्घ स्तब्ध भएको छ, दुःखको यस घडीमा पूर्वअध्यक्ष गाउँले र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । स्व कोइरालाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । रासस </p>
October 12, 2020
काठमाडौँ - KTM, समाज
नेपाल पत्रकार महासङ्घद्वारा दुःख व्यक्त
By साझासवाल
2 मिनेट पढाइ










