Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अभिनेता राजेश हमालको पुत्ला जलाइयो

By साझासवाल 5 मिनेट पढाइ

असोज २७, काठमाडौं | कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम 'जातको प्रश्न' बाट अभिनेता विवादमा तानिएका छन् । समता फाउन्डेसनको लगानीमा हमालले कार्यक्रम 'जातको प्रश्न' चलाउदै आएका छन् ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा अतिथिहरुले नेपालमा भइरहेको जातीय विभेद र छुवाछुतका बारेमा आफ्नो धारणा राख्दै आएका छन् । सामाजिक सञ्जालमा क्रिश्चियनको लगानीमा नेपालमा हिन्दू धर्ममाथि प्रहार भएको भन्दै टिप्पणी हुन थालेको छ । हमालले सञ्जालन गरेको कार्यक्रमले हिन्दूत्वमाथि आँच पुर्‍याएको भन्दै विरोध भएको छ ।

कार्यक्रमको विरोध जनाउँदै राष्ट्रिय एकता अभियानको अगुवाइमा काठमाडौंको भीमसेनगोलामा हिन्दू समर्थकहरुले हमालको पुत्ला जलाएका छन् । विरोधमा उत्रिएकाहरुले 'जातको प्रश्न' कार्यक्रमले नेपालीमा धार्मिक हिंसा भड्काउन उद्देलित भएको आरोप लगाइएको छ ।

यो कार्यक्रममा क्रिश्चियन एड नेपालको लगानी रहेकाले यसलाई जोडेर कतिपयले नेपालमा जातीयतामाथि प्रहार गर्नका लागि यो कार्यक्रम ल्याएको टिप्पणी गरेका छन् । समता फाउन्डेसनले भने विज्ञप्ति नै जारी गर्दै कार्यक्रमले कुनै निश्चित जात, धर्म, लिंग तथा क्षेत्रप्रति पूर्वाग्रह नराखेको जनाएको छ । राजेश हमाललाई समेत जोडेर 'जातको प्रश्न'बारे भ्रम फैलाइएको समता फाउन्डेसनले प्रतिक्रिया दिएको छ ।

समता फाउन्डेशनले दलित समुदायविरुद्ध भइरहेका शृङ्खलावद्ध हिंसा र विभेदबारे सरोकारवाला र समुदायस्तरमा संवादको संस्कृति बढाउनका लागि ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम उत्पादन गरिएको प्रष्ट पारेको छ ।

कार्यक्रम प्रशारण भइरहेकै बेला समता फाउन्डेशनको लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको फोटोलाई समेत दुरुपयोग गरेर सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको सो संस्थाले उल्लेख गरेको छ ।

फाउन्डेशनका कार्यकारी अध्यक्ष प्रदिप परियारले जातीय विभेदसम्बन्धी घर–घरमा संवाद सुरुवात गर्नु नै सो टेलिभिजन कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रष्ट पारेका छन् ।  ‘यस कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिंग, क्षेत्रप्रति कुनै पनि प्रकारको पूर्वाग्रह नराखेको स्पष्ट गर्न चाहन्छौं,’ परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रमबारे भएका समालोचनात्मक तथा रचनात्मक सल्लाह र सुझावलाई हामी सदैव स्वागत गर्दछौँ ।’