Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि, २१३९ जना काठमाडौंका

By साझासवाल 2 मिनेट पढाइ

असोज २७, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये  २१३९ जना काठमाडौं उपत्यकाका छन् ।

त्यस्तै गत २४ घण्टामा एक हजार पाँच सय तीन जना संक्रमित निको भएर फर्किएका छन् । यो संगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ७८ हजार सात सय ८० पुगेको छ ।

नेपालमा हाल ३५ हजार नो सय १५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय ९५ जना क्वरेण्टीनमा रहेका छन् ।

यस्तै गत २४ घण्टामा १८ जनाको ज्यान गएको छ । यो संगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।