असोज २८, डोटी (रासस) । शिखर नगरपालिका वडा न. १ कपल्लेकीको क्वारेन्टिनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर गएका छन् ।

छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशै, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टिन राखिएका मध्ये १२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । सङ्क्रमित १२ मध्येका सात जना घर भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको छ ।

शनिबार १६ जनाको स्वाब सङ्कलन गरी मङ्गलबार परीक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमण देखिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वाब परिक्षणको रिपोर्ट आउनु भन्दा पहिले नै सात जना भागेर घर गएछन्, उनीहरुमा कोरोना देखियो, गाउँमा त्रास फैलिएको छ ।”

कोरोना सङ्क्रमित भएकाहरु गाउँमा गएपछि अहिले सो वडाको सेरी गाउँलाई सिल गर्ने निर्णय गरेको शिखर नपरपालिकाका नगरप्रमुख सीताराम जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “ गाउँमा अरुलाई सङ्क्रमण नहोस भनेर गाउँ नै सिल गछौँ ।”

October 14, 2020
काठमाडौँ - KTM, समाज
क्वारेन्टिनबाट भागेका सात जना व्यक्तिमा कोरोना देखिएपछी …
By साझासवाल
3 मिनेट पढाइ