Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरणको अनुमति तीन कम्पनीलाई

By साझासवाल 2 मिनेट पढाइ

असोज ३०, काठमाडौँ | सरकारले कोरोना भाइरस (कोभिड १९)को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले  औषधी व्यवस्था विभागबाट अनुमति पाउनेमा  दुई नेपाली र एक भारतीय कम्पनी छन् ।

उहाँका अनुसार  नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र  भारतको हेट्रो ल्याब्स लिमिटेडलाई  रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि  अनुमति दिइएको छ ।

नेपालमा कोभिड १९ को उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएको सन्र्दभमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डिेसिभिर नामक औाषधि प्रयोगमा ल्याएको छ । रासस