Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

होम आइसोलेसनमा संक्रमितको मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने

By साझासवाल 3 मिनेट पढाइ

कार्त्तिक २, काठमाडौँ । कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेको व्यक्तिको मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७७ मा दोस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

‘कुनै व्यक्तिको घर आइसोलेसनमा आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ। परिवारका सदस्यले र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिले सजगता अपनाई अन्त्येष्टि कार्य गर्नुपर्छ,' कार्यविधिको ४ नम्बर बुँदामा भनिएको छ, 'यस्तो कार्यमा बच्चा र ६० वषभन्दा माथिका जेष्ठ नागरिकलगायत जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई समावेश गराउनु हुँदैन। व्यक्तिगत सुरक्षा सामग्री जस्तै, पन्जा, मास्क, पुरा बाहुला भएको गाउन प्रयोग गरी शवलाई र्‍याप गर्ने र बडी ब्यागमा राख्ने काम सम्बन्धित आफन्तले गर्नुपर्दछ।'

यसका साथै आइसोलेसनमा राखेको स्थान/कोठाबाट शव बोक्ने गाडीसम्म पुर्‍याउने काम मृतकको आफन्तकै नै कार्यविधिमा उल्लेख छ। शव बाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने साधन (खट) बोक्ने व्यक्तिले मृत शरीर नछुने गरी बनाउनुपर्ने समेत उल्लेख गरिएको छ।

शव बोक्ने व्यक्तिले पानी नछिर्ने एप्रोन, पन्जा, सर्जिकल मास्क, चस्मा र बुटको प्रयोग गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। यसअघि कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन सरकारको निर्देशनमा नेपाली सेनाले गर्दै आएको थियो।