Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानमा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

२०७७, ३ कार्तिक सोमबार १५:३८

कात्तिक ३, तेहरान (रासस/एपी) । कोरोनाभाइरसकोे महामारीबाट अति प्रभावित मुलुकमध्ये एक इरानमा पुनः सङ्क्रमण फैलिएको इरानी सञ्चारमाध्यमहरूले सरकारी स्रोतहरूलाई उल्लेख गरी समाचार सम्प्रेषण गरेका छन् । 

इरानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ । 

 सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार इरानमा कोरोनाका कारण एकैदिनमा ३३७ जनाको मृत्यु भएको छ ।

इरानमा यसअघि एकैदिनमा २७९ जनाको कोरोनाका कारण मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयसँग रहेको थियो ।

मन्त्रालयले पछिल्लो एकैदिनमा इरानमा चार हजार २५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको पनि जनाएको छ ।

योसँगै इरानमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या पाँच लाख ३५ हजार ६३० पुगेको छ ।  

मुस्लीम गणतन्त्रात्मक मुलुक इरानमा कोरोनाभाइरसको महामारीको शुरुवाती चरणमा पनि धेरै असर परेको थियो । प्रारम्भीक समयमा इरानलाई कोरोनाको केन्द्रविन्दु नै मानिएको थियो ।   

मध्यपूर्वी देशहरु मध्ये इरान कोरोनाबाट धेरै प्रभावित देशमा पर्दछ भने मध्यपूर्वमा हप्तामा तीस हजार जनासम्मको कोरोनाका कारण मृत्यु हुने गरेको थियो । 

सरकारले कडा लकडाउन लागु गरेपछि केही कमी आएको थियो । कोरोना महामारीका कारण इरानको मानवीय अवस्था, आर्थिक अवस्थालगायतमा ठूलो क्षति भएको छ । 

केही समय अगाडि महामारीको प्रभाव कम देखिन थालेपछि सरकारले विद्यालय, विश्वविद्यालय, मस्जीद, पुस्तकालय, व्युटी पार्लर, सैलुनलगायतका सार्वजनिक स्थल र धेरै भीड हुने ठाउँ पनि खुल्ला गरिदिएको थियो ।

ती क्रियाकलापहरु सञ्चालन गर्दा मास्क अनिवार्य गरिएको थियो । तर यी सार्वजनिक स्थलहरु खुल्ला गरिएकै कारणले फेरि सङ्क्रमित र मृतकहरुको सङ्ख्यामा वृद्धि भएको विश्लेषण गरिएको छ ।  

कोरोना नियन्त्रणका लागि इरानमा सरकारले गरेका कतिपय निर्णयहरु बेला बेलामा विवादमा पर्ने गरेका छन् । कोरोनाभाइरसले देशका उच्च अधिकारीहरुलाई पनि सङ्क्रमित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै