Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विश्वकै सवैभन्दा लामो समय प्रधानमन्त्री हुनुभएका बहराइनका प्रधानमन्त्री खलिफाको निधन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २७, (रासस/एपी) । विश्वमै सवैभन्दा लामो समय प्रधानमन्त्री हुनुभएका बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खालिफाको निधन भएको छ ।

देशका राजकुमार समेत रहनु भएका उहाँको ८४ बर्षको उमेरमा बुधबार निधन भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकास्थित मायो क्लिनिकमा केही समयदेखि उपचार गराइरहनु भएका उहाँको उपचारकै क्रममा निधन भएको हो ।

सानो अरबी मुलुक बहराइनका शक्तिशाली र अत्यन्त धनी व्यक्तिका रुपमा चिनिनु भएका खलिफाको निजी टापू नै  भएको र विदेशीहरुलाई उहाँले त्यही भेट्ने गर्नुहुन्थ्यो ।

बहराइनका राजा शेख हमाद बिन इसा अल खलिफाले उहाँको शोकमा एक हप्ते राष्ट्रिय शोक घोषणा गर्नुभएको छ । शोक अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइने अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री खलिफा विश्वकै सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्री भएका व्यक्तिका रुपमा चिनिनुहुन्छ । उहाँ सन् १९७० को आसपासदेखि अहिलेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।

सन् २०११ मा भ्रष्टाचारको आरोप लगाउदै भएको आन्दोलनबाट हटाउने प्रयास हुँदा पनि उहाँ पदमै रहन सफल हुनुभएको थियो ।