Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

तिहारमा मौसम बदली हुने, भाइटीकाको दिन कस्तो रहनेछ मौसम ?

By साझासवाल 3 मिनेट पढाइ

कात्तिक २८, काठमाडौँ | तिहारमा मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ ।

भाइटीकाको दिन भने पश्चिमका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भाइटीकाको दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । तर ठूलो पानी पर्ने सम्भावना भने छैन । अरु ठाउँमा पनि सामान्य बादल लाग्दै घाम लाग्ने सम्भावना छ ।

अहिले प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा आंशिक बद्ली रहेर बाँकी ठाउँमा सामान्यतः मौसम सफा छ । आज दिउँसो पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशका सबैजसो पहाडी भेगमा सामान्य खालको बादल लाग्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । भोलि र पर्सिको मौसम पनि सामान्यतया यस्तै नै रहनेछ । यसैबीच काठमाण्डौ उपत्यकाको आज बिहानको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।