<p><b>मंसिर ७, काठमाडौँ | </b>अब विदेशबाट आउने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ | स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको हो |<br></p><p>कोरोना संकट व्यवस्थापन केन्द्रलाई नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न पत्राचार गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए | गौतमका अनुसार,क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको मात्र पिसिआर परिक्षण गरिने भएको छ | </p><p>सरकारले यसअघि पनि विदेशबाट नेपाल आउने व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राख्ने गरेको थियो | पछिल्लो समय कोरोना प्रभाव बढ्दै गएपनि यसको कार्यान्वयन भने भएको थिएँन | तर अहिले संक्रमणको जोखिम फेरि बढ्दै गएको भन्दै सरकारले विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने नीतिलाई कडाइ गर्न लागेको हो |</p>
November 22, 2020
काठमाडौँ - KTM, समाज
विदेशबाट नेपाल आउँदा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने
By kit
2 मिनेट पढाइ










