<p><b>मंसिर १४ काठमाडौं | </b>आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनेर चिनिने कृष्णदास गिरीलाई थुनामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ | न्याधिस डा.आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सिद्धबाबालाई थुनामा नै राख्न आदेश दिएको हो |<br></p><p>२०७६ माघ ९ गते जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई धरौटीमा छाड्न आदेश दिएको थियो | त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो |</p><p>सिद्धबाबाबाले उच्च अदालतको आदेश बेरीतको रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर उच्च अदालतको आदेशलाई सदर गर्दै थुनामा पठाउन आदेश दिएको हो |</p>
November 29, 2020
काठमाडौँ - KTM, समाज
सिद्धबाबालाई थुनामा राख्न सर्वोच्चको आदेश
By kit
2 मिनेट पढाइ










