Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल प्रहरीका दुई जना एसपी निलम्बित,थालियो छानविन

By kit 2 मिनेट पढाइ

<p><b>मंसिर १७, काठमाडौं |</b> नेपाल प्रहरीका एसपीद्वयरामेश्वर यादव र विमल बस्नेतलाई निलम्बित गरिएको छ | अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक एसपीलाई निलम्बन गरेको हो |<br></p><p>बुधबार एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए | प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको भन्दै उजुरी परेपछि निलम्बन गरेर छानबिन थालिएको उनले बताए |&nbsp;</p><p>दुवै जना एसपीमाथि छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति गठन गरिएको छ |</p>