<p><b>मंसिर २२, काठमाडौं | </b>नेपालमा पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १०१४ जनामा संक्रमण पुष्टि भएको हो |<br></p><p>योसंगै कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ | हालसम्म २ लाख २७ हजार ४३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छन् | मन्त्रालयका अनुसार,१६४१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ |</p><p>नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा २० जनाको मृत्यु भएको छ |</p>
पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना संक्रमण पुष्टि,२० जनाको मृत्यु